पशुपतिनाथमा रामदेवको योग शिविर

प्रकाशित मिति:

काठमाडौँ – योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मण्डपमा योगाभ्यास गराएका हुन् ।

शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निःशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो ।शिविर सकिएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ ।