कपिलवस्तु क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा के.सी. बिजयी

प्रकाशित मिति:

कपिलवस्तु, ५ मंसिर । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत शनिबार भएको क्षेत्र नं. १ (क) को निर्वाचनमा दुर्गा के.सी विजयी हुनुभएको छ । जसमा दुर्गा के.सीले सभापतिका अर्का दावेदार नेपाली काग्रेसको निर्वतमान नगर सभापति तथा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुलाई पराजित गर्नुभएको हो । बाणगंगा नगरपालिकाको ओदारी मा.वि.मा भएको निर्वाचनमा बाणगंगा ११ सहित कपिलवस्तुका ३ र मायादेवि गाउपालिकाको १ वडाका गरी ३ सय ४१ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेका थिए । बिजयी केसी देउवा निकट तथा थारु पौडेल निकट प्यानल बनाएर चुनावी मैदनमा आउँनुभएको थियो । त्यस्तै उप सभपतिमा कृष्ण प्रसाद पोखरेल, कृष्ण मुरारी, सचिवमा विष्णु मल्ल भट्टाराई, दल बहादुर थापा , सह–सचिवमा राम विहारी थारु, दिपक कुवँर विजयी भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधिहरु खुलामा यज्ञ प्रसाद भटराई, रुक बहादुर भसाल, टोपनारायण भण्डारी, युवराज के.सी, चन्द्रकान्त पोखरेल(सिके), रामजि सेन, गिरिराज खनाल विजयी भएका छन् । भने यस्तै महिलामा सिता भटराई आर्चाय, रिता खरेल(रितु) इन्द्रीरा तिमिल्सीना रहेका छन । जनजातीमा दिपक थापा, थारु पुरुषमा राम शंकर थारु, दलितमा माया परियार, खस आर्यमा सुमित्रा भटराई, बिनोद घिमिरे , थारु महिलामा लक्ष्मी थारु (बैजलपुर), मधेशीमा पशुपति कुर्मी बिजयी हुनुभएको छ ।