५ महिना, ५ काम, पाँच परिणाम नयाँ शक्ति प्युठानको बैठक सम्पन्न

प्रकाशित मिति:

प्युठान र नयाँ शक्ति पार्टी, नेपाल प्युठानको बैठक सम्पन्न भएको छ । सोमबार प्युठानको जूमृमा सम्पन्न बैठकले विभिन्न सांगठनिक निर्णयहरु गर्दै पार्टीले आगामी ५ महिनाका लागि विशेष कार्ययोजना पारित गरेको केन्द्रीय कार्यकारी सदस्य तथा प्युठान जिल्ला इन्चार्ज घमानसिह गुरुङले बताए । गुरुङले भने– ‘पार्टी केन्द्रले तय गरेको ५ महिना, ५ काम र ५ परिणाम अभियान अन्तर्गत प्रदेश तहमा गरिने सांगठनिक तथा राजनीतिक संवादसम्बन्धी कामको विशेष कार्ययोजना तयार गरेका छौं ।’

नयाँ शक्ति पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उनको दावी छ।बैठकलाई नयाँ शक्ति पार्टी सचिबालय सदस्य कर्णध्वज के सि ले विशेष सम्बोधन गर्दै अब नयाँ शक्तिले नै मुलुकमा नयाँ राजनीतिक विकल्प दिई विकास र समृद्धिको नेतृत्व गर्ने बताएका थिए । के सि ले पार्टीको मुख्य ३ कामसहित अघि बढ्ने बताउँदै अबको कार्यदिशा संगठन सुदृढिकरण, सामाजिक आन्दोलन र राजनीतिक ब्यबस्था परिवर्तन रहेको बताए । बैठकले विभिन्न विभाग तथा समितिहरु गठन गरेको छ ।जस अन्तर्गत आर्थिक समितिको प्रमुखमा प्रकाश सुबेदी , संगठन विभाग प्रमुखमा दान बहादुर बस्नेत , प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा राम बहादुर बि क लाई सर्वसहमत चयन गरेको छ

बैठकले युवा सक्ती नेपाल महिला सक्ती महासघ,र नयाँ सक्ती युनियन लाई पुर्णता दिन माघ मसान्त सम्म सबै स्थानीय तहमा संघठन निर्माणका लागी युवा शक्ति नेपाल बाट श्याम गहतराज, महिला सक्ती महासघ बाट शारदा बिश्वकर्मा ,नयाँ सक्ती बिध्यार्थी युनियन बाट जेद बहादुर घर्तिलाई जिम्मेवारी प्रदान गरिएको छ। पार्टीले तय गरेको कार्य योजना अन्तर्गत वडा तह सम्म संगठन विस्तार तथा सदस्यता नविकरण एवं वितरण, स्थानीय तहहरुको अधिवेशन तथा प्रशिक्षण, विभिन्न राजनीतिक संवाद तथा ध्रुवीकरण सम्बन्धी कार्यक्रमहरु रहेको छ ।जिल्ला संयोजक दामोदर गिरिको अध्यक्षता एवं संचालनमा भएको बैठकमा सबै सदस्यहरुले आ आफ्नो भनाई राखेका थिए ।