पूर्वमन्त्री एवं माओवादी नेता रामचन्द्र झा नेकपा समाजवादी प्रवेश

प्रकाशित मिति:

जनकपुरधामस् नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा औपचारिकरुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छ। नेकपा एमालेबाट नेकपा माओवादी हुँदै डा। बाबुराम भट्टराईसँग नयाँ शक्तिमा गएका नेता झा पुनः माओवादी हुँदै नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका हुन्।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं २ को तिनकौरीयामा मंगलबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नव प्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए। नेकपा एमालेवाट नेकपा माओवादी केन्द्र हुदै झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।

यसैगरी जनकपुरधाम उप-महानगरपालिका क्षेत्रवाट वरिष्ठ दन्त चिकित्सक डा। अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। मिथिला अस्पताल प्राइभेट लिमिटेड र मिथिला टेक्निकल एकेडमीका सञ्चालक समेत रहेका डा। झा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका थिए। डा। झा नेविसंघ धनुषाका जिल्ला अध्यक्षसमेत रहिसकेका हुन्।