क्याम्पस प्रशासनले मनोमानी गरेको भन्दै स्ववियु द्वारा ज्ञापन पत्र पेस

प्रकाशित मिति:

खुमाकान्त न्यौपाने । गल्याङ,स्याङ्जा स्याङ्जाको गल्याङ्ग नगरपालिका १ मालुङ्गाको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ। गत मङ्सिर २० गते क्याम्पस संचालक समितिले गैर जिम्मेवार पुर्ण तरिकाले असंबैधानिक तवरबाट स्ववियुलाई बिना जानकारी क्याम्पस प्रमुख नियुक्ति गरेको साथै पटकपटक प्रशासन मा अनुरोध गर्दापनी स्ववियु ले स्थापना गर्न लागेको पुस्तकालय का लागि कोठा उपलब्ध नगराएको बिषयलाई लिएर विवाद भएपछी मंगलबार स्ववियु अध्यक्ष खगेन्द्र भण्डारी नेतृत्वको टोलिले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको हो।

बिज्ञप्ति निकालेरै क्याम्पस प्रशासनका यस्ता अराजक गतिविधि नरोकिए जस्तो सुकै स्थितिको सामनाकालागी तयार रहन पनि स्ववियुले चेतावनी समेत दिएको छ। बिज्ञप्ति मा भनिएको छ “नेपाल सरकारको शैक्षिक नीति र सो बाट संचालित त्रिभुवन बिश्वबिद्धालय र यस मातहतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन को ब्यबस्था र यसको काम कर्तव्य अधिकारको समेत ब्यबस्था कानुनतः गरिएको छ। यसमा भनिएको छ “स्ववियु पदाधिकारी वा प्रतिनिधि क्याम्पस संचालक समितिको सदस्य हुनेछ अझ भनिएको छ स्ववियु अध्यक्ष पदेन सदस्य हुनेछ,जसले क्याम्पस संचालक समितिको हरेक बैठक मा सहभागिता जनाउन, आफ्नो राय व्यक्त गर्न र निर्णय गर्न पाउने अधिकार छ”। तर बिडम्बना तपाई हाम्रो मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसमा यसको उपहास गरि संचालक समितिको बैठकको बारेमा स्वतन्त्र विद्यार्थी युनियनलाई बिना जानकारी नै क्याम्पसको प्रमुख नियुक्त गर्ने जस्तो महत्वपूर्ण निर्णय गरिएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस किसिमको गैरजिम्मेवार पुर्ण तरिकाले कार्य गरेकोमा स्वतन्त्र विद्यार्थी युनियन मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पस परिवार दुख व्यक्त गर्नुका साथै खेद प्रकट गर्दछ। यस किसिमबाट स्ववियुलाई बिना जानकारी नै बैठक गरिनु र गैरजिम्मेवार पुर्ण तरिकाले निर्णय गरिने जस्ता गैरजिम्मेवारी पुर्ण क्रियाकलाप नरोकिएमा