चालिसेद्धारा गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

प्रकाशित मिति:

पोखरा, मंसिर ८ । नेपाली कांग्रेसमा बौद्धिक नेताको छवि बनाउनु भएका कास्कीका देवराज चालिसेले गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।कास्कीका आफू पक्षीय निर्वाचित क्षेत्रीय पदाधिकारी र प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा चालिसेले सभापतिको दावेदारी पेश गर्नुभएको हो ।

२०४९ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियू सभापति रहनु भएका देवराज २०७४ सालको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर २ को उम्मेदवार पनि रहनुभएको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की क्षेत्र नम्बर २ बाट दोस्रो लोकप्रिय मत ल्याएर जित्नुभएको चालिसे पार्टीको केन्द्रीय प्रशिक्षक पनि हुनुहुन्छ ।