सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

प्रकाशित मिति:

काठमाडौं, मंसिर ८ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।डिसेम्बर ५ बाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन् । विग ब्यासमा लामिछानेले होवार्ट हुरिकन्सकातर्फबाट खेल्ने छन् ।

होवार्टले आफ्नो पहिलो खेल सिड्नी सिक्सर्सविरुद्ध डिसेम्बर ८ मा खेल्नेछ । लिग जनवरी २८ तारिखसम्म चल्नेछ । लामिछानेले दुई सिजन मेलवर्न स्टार्सबाट विविएल खेलेपछि पछिल्लो सिजनामा होवार्टमा आवद्ध भएका थिए ।

होवार्टले लामिछानेलाई यस सिजनका लागि पुनः सम्झौता नविकरण गरेको थियो । लामिछाने हाल टी–ट्वान्टीको बलिङतर्फको वरियतामा ८८ औ स्थानमा रहेका छन् । २१ वर्षीय लामिछानेले नेपालका लागि १६ एक दिवसियमा ४१ विकेट हात पारेका छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि २६ खेल खेल्दा ४७ विकेट हात पारेका छन् ।