शहीद थापाकी धर्मपत्नीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

प्रकाशित मिति:

काठमाडौँ । नेपाली कांग्रेसले शहीद क्याप्टेन यज्ञबहादुर थापाकी धर्मपत्नी ८३ वर्षीया खड्गकुमारी थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी स्वर्गीय थापाको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेको छ । ‘नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थापाको गएराति ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११:३० बजेसम्म सुमेरु अस्पताल, धापाखेलमा श्रद्धाञ्जलीका राखिने र अपराह्न पशुपति आर्यघाटमा दाहासंस्कार गरिनेछ । रासस