बुटबल बहुमुखि क्याम्पसको सप्ताहव्यापी कार्यक्रम सुरु

प्रकाशित मिति:

वसन्त आचार्य बुटवल, मंसिर २५ । वुटबल बहुमुखि क्याम्पसको ४६ औ स्थापना दिबसको अबसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम मंगलबारबाट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलबार सरसफाई कार्यक्रम भएको छ ।

सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख डा.ससिशरण सुबेदी , सहायक क्याम्पस प्रमुख , प्रध्यापक , कर्मचारी , बिभिन्न बिद्यार्थी संघठनका बिद्यार्थी नेता , बिद्यार्थीहरुको सहभागिता रहेको थियो । क्याम्पसको सप्ताहब्यापी कार्यक्रमको द्रोसो दिन बुधबार छात्रछात्रा भलिबल प्रतियोगिता रहेको छ । त्यसैगरि २७ गते छात्र म्याराथुन ,२८ गते हाजिरजवाफ प्रतियोगिता र रक्तदान कार्यक्रम रहेको सहायक क्याम्पस प्रमुख प्रकाश पौडेलले बताउनु भयो ।

पुष १ गते गजल र वक्तृत्बकला ,२ गते प्रध्यापक , कर्मचारी र बिद्यार्थीबिच मैत्रिपुर्ण फुटलब प्रतियोगिता साथै छात्रा कुर्चीदौड प्रतियोगिता रहेको सहायक क्याम्पस प्रमुख पौडेलले बताउनु भयो । कार्यक्रमको अन्तिम दिन पुष ४ गते समापन तथा पुरस्कार वितरण रहेको क्याम्पस प्रमुख डा. शसिशरण सुवेदीले बताउने भयो । वुटबल बहुमुखि क्याम्पसले आफ््नो ४४ औ स्थापना दिबसबाट सप्ताहव्यापी कर्याक्रम गदै आएको छ ।