एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा ५ देशका १५ विदेशी पाहुना सहभागी (सूचीसहित)

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विदेशी पाहुनाहरु आउने क्रम शुरु भएको छ ।बिहिबार एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गरि यसपटक ५ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभएको छ ।

भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुने उहाँले बताउनुभयो । काठमाडौं आइपुगेका केही अतिथिलाई विहीवार राति सोल्टी होटलमा रात्रीभोजको समेत आयोजना गरिने उहाँले बताउनुभयो । विदेशी पाहुनाहरुलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ ।ती अतिथिहरुले उद्घाटन सत्रका दिन शुभकामना दिनेछन् भने मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको छ ।