आज विवाह पञ्चमी, महिमा सहित हेर्नुहोस् आजको दिन हरी ॐ , राधेराधे !

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २६ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि बेलुका ८।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति पनि वृश्चिक राशिमा छन् । श्रवण नक्षत्र दिवा ३।६ बजेसम्म रहनेछ । यसैगरी आज व्याघात योग बब करण रहेको छ । आज सूर्योदय ६।४६ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।

आज विवाह पञ्चमी हो । मता जानकी र श्रीराम भगवानको विवाह भएको मार्गशीर्ष शुक्ल पञ्चमी तिथिलाई विवाह पञ्चमी भनिन्छ । त्रेता युगका भगवान् रामचन्द्रको जनकपुरका राजा जनककी पुत्री सीता मातासँगे विवाह भएको शुभ उपलक्षमा आज जनकुरमा भव्य मेला लाग्ने गर्दछ । अयोध्याबाट लोडा झिकाई विवाहपञ्मीको भव्य उत्सव मनाउने चलन पनि रहिआएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५