बोली वचनमा किन मिठास चाहिन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

प्रियवाक्यप्रदानेन सर्वेतुष्यन्ति मानवाः । 
तस्मात् प्रियं हि वक्तव्यं वचने का दरिद्रता ? –हितोपदेश

मीठो वोली वचनले सबै खुशी हुन्छन् भने वचनकै निम्ति के दरिद्र हुनु ?

वचन सबैभन्दा महत्व राख्ने कुरा हो । यही बोली हो संसार चम्काउने र यही बोली ले नै विश्वमा ठूला ठूला युद्धका विभीषिका छेडिएका छन् । मीठो बोली वचनले नै सबै मान्छे खुशी हुन्छन् त्यसैले मीठो बोल्नमा कञ्जुस गर्नु हुँदैन । मीठो बोल्नेले नै संसारमा विजयका झण्डा फहराउन सफल भएकाले बोलीमा मिठास हुनु आवश्यक छ । द्रौपदीले दुर्योधनलाई वचन नलगाएको भए महाभारतको युद्ध हुने थिएन । अतः कटु वचन नाशक हो भने मीठो वचन सत्प्रेरण हो , त्यसैले बोली वचनमा मिठास चाहिन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–