निर्मला हत्याकाण्डमा निर्दोषलाई फसाउन खोजिएको भन्दै प्रदिप र विशालका परिवारद्वारा आन्दोलन

२६ मंसिर २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
18 Shares


माङ्सिर २६ कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका प्रदिप रावल र विशाल चौधरीका परिवारले आन्दोलन गरेका छन् । दुवैका आफन्त, परिवारर स्थानीयले महेन्द्रनगरमा मंगलबारदेखि आन्दोलन थालेका हुन् । प्रदिप र विशाल निर्दोष भएको भन्दै उनीहरुका अभिभावकले रिहाईको माग राख्दै बजारमा नाराबाजी गरेका थिए । निर्मलाको हत्या भएकै दिन उनीहरु दुवैजना कुखुरा चोरीको आरोपमा पक्राउ परेकाको अभिभावकले निर्दोषलाई फसाउन खोजिएको गुनासो पोखेका छन् ।

विशालका बाबु वीरबहादुर चौधरीले छोरा विशालले आफ्नै अगाडि आफुले निर्मलाको हत्या गरेको प्रहरीलाई बयान दिएपनि ऊ निर्दोष भएकाले आन्दोलनमा उत्रेको बताए । ‘विशाल सोही दिन कुखुरा चोरीमा पक्राउ परेको थियो’, ‘उनले भने, ‘मलाई पनि अच्चमै लागिरहेको छ, यत्रो अपराध प्रहरी हिरासतमा रहेका व्यक्तिले कसरी गर्यो होला ।’

गत मंगलबार प्रदिप काठमाडौंबाट पक्राउ परेपछि विशालसहित महेन्द्रनगरका अर्का युवक दिनेश चौधरीलाई झिकाईएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दिनेशको घटनामा संलग्नता नदेखिएकाले उनलाई सोधपुछ गरेर फिर्ता पठाएको थियो । प्रदिपका अर्का काका लोकेन्द्र रावलले लागु औषध र चोरी डकैतीमा संलग्न प्रदिपले निर्मलाको बलात्कारपछि हत्या नगरेको बताए । उनले निर्दोष गरिबलाई फसाउन खोजिएको आरोप लगाए । उनले भने, ‘जतिबेलासम्म प्रदिप रिहा हुँदैन ‘त्यतिबेलासम्म आन्दोलन रोकिँदैन ।’ आन्दोलनमा प्रदिप र विशालका घर परिवार, छिमेकी सहभागि भएका छन् । उनीहरुले प्रदिप र विशाल रिहाई नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…