कांग्रेससँग एकता गर्न कमल थापाले राखे यस्ता सर्त

प्रकाशित मिति:

चितवन, २६ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् ।

बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे । उनले भने, ‘कांग्रेस महामन्त्रीलगायतका नेताहरुले हिन्दुराष्ट्रका पक्षमा दिएका कुराहरु सकारात्मक छन्, संस्थागत निर्णय गरेर आए कांग्रेससहितका शक्तिहरुसँग सहकार्य हुन्छ ।’

हिन्दु राष्ट्र कायम गराउन राजनीतिक सहमति जुटाउनु पर्नेमा उनको जोड छ । सहमति नभएमा मात्रै जनमत संग्रहलाई विकल्पका रुपमा राख्नुपर्ने उनले बताए ।

पछिल्लो समयमा नेपालमा १० लाखभन्दा बढि जनतालाई प्रभावमा पारेर धर्म परिवर्तन गराइएको थापाको दाबी छ । सरकार नै कुनै एक धर्म प्रचारको कार्यक्रममा सक्रियतापूर्वक लाग्नु लज्जाजनक भएको समेत उनले बताए ।

पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा राप्रपा अध्यक्ष कमल थापाले भने, ‘फेरि कहिल्यै पार्टी नफुट्ने गरि एकता गर्न खोजका छौं । फेरि फुट्यो भने हामी सकिन्छौं ।’