३ महिनामै राष्ट्र बैंकले बजारमा पठायो १० खर्ब तरलता

प्रकाशित मिति:

१२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा नै राष्ट्र करीब एक हजार ८ अर्ब रुपैयाँ हाराहारीमा बजारमा तरलता पठाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो ।बजारलाई चलायमान बनाइराख्न राष्ट्र बैंकले तरलता नियमति रुपमा पठाउने प्रवक्ता देवकुमार ढकाल बताउँछन् । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गरेको छ भने अभाव हुँदा बजारमा पठाउने गरेको छ ।

साउनदेखि असोज महीनासम्म रिपोमार्फत् मात्रै एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । यस अवधिमा राष्ट्र बैंकले स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड गरी १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएको छ ।यति ठूलो रकम तरलता प्रवाह गर्दा राष्ट्र जम्मा ६० अर्ब रुपैयाँमात्र तरलता खिचेको छ । यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ गरी ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

अझै बजारमा तरलता समस्या समाधान भने भइसकेको छैन । बैंकहरुको निक्षेप संकलन घट्दा पनि ऋण लगानी गर्न छाडेका छैनन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल बैंकहरू अल्पकालिन श्रोतमा भर पर्दा तरलता समस्या गहिरिएको बताउँछन् ।