वाइडबडी जहाज अनियमितताबारे छानबिन गर्न लेखा समितिले बनायो राजन केसीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति

प्रकाशित मिति:

मङ्सिर २६ काठमाडौं- नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी जहाज अनियमितताबारे छानबिन गर्न सार्वजनिक लेखा समितिले राजन केसीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ।
समितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीव यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा रहेका छन्। छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिइएको छ।
निगमले असार १४ मा पहिलो वाइडबडी जहाज र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको थियो। निगमले दुई वाइडबडी २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ।
वाइडबडी भित्रिएसँगै यसको अनियमिताबारे चर्चा सुरु भएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत जहाज खरिद गर्दा टेन्डर प्रक्रियादेखि नै गडबडी देखिएको ठहर गरेको छ।