इपिएलः विराटनगरलाई ४ विकेटले हराउदै भैरहवा शीर्ष स्थानमा
२६ मंसिर २०७५, बुधबार ० बिचार / प्रतिक्रिया

बुटवल , २६ मंसिर – एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले हराएको छ ।
टस जितेर फिल्डिङ रोजेको भैरहवाले विराटनगरले दिएको ९२ रनको लक्ष्यलाई पछ्याउँदै ६ विकेटको क्षतिमा १९.४ ओभरमा ९२ रन बनाउन सफल भयो ।
आफ्नो तेस्रो खेलमा भैरहवाले ६ अंक जोड्न सफल भएको छ । योसँगै भैरहवा लिगको पहिलो स्थानमा उक्लिन सफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया