लुम्बिनीमा शान्ती, समझदारी तथा दिगो बिकासका लागि पत्रकारिता बिषय कार्यशाला गोष्ठी

प्रकाशित मिति:

१४ मंसिर,लुम्बनी-लुम्बिनी बौद्ध विश्वविधालयको १७ औं वार्षिक उत्सवको अवसरमा शान्ती, समझदारी तथा दिगो बिकासका लागि पत्रकारिता बिषयक तीन दिने कार्यशाला गोष्ठी सुरु भएको छ।लुम्बिनी प्रदेशका बिभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरु सहभागी रहेको कार्यशालामा विश्वशान्ति र समृद्धि, सामाजिक संरचना र मिडिया ट्रस्टमा बौद्ध दर्शन, दिगो बिकास, शान्तिको पुर्वाधार र पत्रकारिताका अवधारणाहरु, शान्तीको अबधारणा र द्वन्दका न्युनिकरण लगायत बिषयहरुमा पत्रकारहरुको भुमिकाबारे अन्तरकृयात्मक प्रशिक्षण हुने छ।

तीन दिन सम्म सञ्चालन हुने कार्यशालामा डा।कुण्डन अर्याल, बौद्ध विश्वविधालयका डिन उकेशराज भुजु, अन्तरा्ष्ट्रिय सम्बन्ध समितिका डा।सञ्जिव हुमागाई, तर्क धिताल लगायतले प्रशिक्षण दिनुहुनेछ।लुम्बिनी बौद्ध विश्वविधालयको १७ औं बार्षिकोत्सबको अबसरमा मुटुरोग परिक्षण शिबिर पनि सञ्चालन भईरहेको छ। लोकतन्त्र,बिकास र कानुन संघ,काठमाण्डौ र लुम्बिनी बौद्ध विश्वविधालय,लुम्बिनीको संयुक्त आयोजनामा कार्यशाला गोष्टी शुरु भएको हो।