पाण्डबखानीमा बालमैत्री आवाधिक लगानी योजना निर्माण कार्यशाला सुचारू

प्रकाशित मिति:

बालबालिकामा गरेको लगानी ल्याउछ सुनौलो विहानी भन्ने मुल नाराका साथ गलकोट नगरपालिका १० पाण्डबखानीले बालमैत्री स्थानीय शासन अवलम्बनमा सुचकहरुको प्राम्मिक उपलब्धि अन्तर्गत आवाधिक लगानी योजना निर्माण कार्यशाला सुचारू भएको छ । बालबालिकाको आगामी ३ वटा आर्थिक बर्षको विभिन्न शिर्षकमा अनुमानित बजेट प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित बजेट माथी भोलि समिक्षा हुने भएको छ।

कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तिको अध्यक्षता, गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माको प्रमुख आथितियता कृषि अधिकृत हरिदत्त सुवेदी, बालमैत्री फोकल पर्सन राजन कडेल, योजना शाखा प्रमुख बाबुराम शर्मा, पशु प्राविधिक बलराम अधिकारी, वडा बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाहि, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्वास्थ चौकि केन्द्रका प्रमुख, स्वास्थ स्वयसेविका, पत्रकार, वडा बाल संजालका अध्यक्ष लगाएतको सहभागीता रहेको थियो। बालमैत्री १० का फोकल पर्सन रामप्रसाद वि।क को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियो। त्यस्तै कृषि, पर्यटन, स्थानीय सिप र पूर्वाधार, सम्बर्द्ध गलकोट निर्माणको मुल आधार भन्ने मुल नाराका साथ गलकोट नगरपालिका १० वडा कार्यालय पाण्डबखानीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA, मेड्पा) वडा स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा गलकोट नगरपालिका उद्यम विकासका सहजकर्त गुलाब बादीले लघु उद्यम विकासको बारेमा प्रकाश पार्नु भएको थियो। वडा अध्यक्ष तिलक घर्ति, वडा सचिव ठाकुर तिमिल्सिना, नगर सभा सदस्य गनेश शेर्चन, वडा सदस्य राधिका पुन, रामप्रसाद वि।क, बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाही, सहजकर्ता कमला सुनार, सिजल लघु उद्योम पाण्डबखानीका संचालिका कमला थापा, पत्रकार सुरेश छन्त्याल लगाएतको सहभागीता रहेको थियो।