ट्याक्सी चालकलाई लाग्यो यस्तो झट्का !

प्रकाशित मिति:

बुटवल , २६ मंसिर – ट्याक्सी चालकले ५ पटकसम्म मिटरमा जान नमाने ६ महिना ट्याक्सी चलाउन नपाउने भएका छन् । उपत्यकामा ट्याक्सी चालकले मिटरमा जान नमानेको र बढी भाडा लिने गरेको गुनासो धेरै आएपछि ट्राफिक प्रहरीले ५ पटकसम्म मिटरमा जान नमान्ने चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न थालेको हो ।

गएको विहीबारदेखि लागू भएको नियम अनुसार दैनिक १ सयको हाराहारीमा मिटरमा जान नमान्ने र बढी भाडा लिने ट्याक्सी चालकको लाइसेन्स निलम्बन गर्न थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसको अनुगमनका लागि ५० जना भन्दा धेरै ट्राफिक प्रहरी खटाइएको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले बताए ।

उनका अनुसार ५ पटकसम्म बढी भाडा लिने, मिटरमा जान नमान्नेलाई ३ हजार रुपैयाँ जरिवाना तिराउने र सम्झाई बुझाई गरिन्छ । तर छैटौँ पटक पनि त्यहि कुरा दोहोरियो भने ६ महिनासम्म ट्याक्सी चलाउन नपाइने सापकोटाको भनाई छ ।