काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अहिलेको राजनीतिक अवस्था राजा आउ देश बचाउ भन्ने नरहेको बताउनुभएको छ ।
बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा जनमत सिर्जना गर्नु अहिलेको मूख्य चुनौति रहेको बताउनुभयो । उहाँले जबसम्म संसदमा राप्रपाले दुई तिहाइ ल्याउन र राप्रपाको आह्वानमा एक लाख बढी जनता एकैपटक सडकमा उत्रने वातावरण बन्दैन तबसम्म संविधान संशोधनको कल्पना गर्न नसकिने प्रष्ट पार्नुभयो । संविधान संशोधनविना शिवपुरीबाट राजालाई नारायणहिटी फर्काउन सम्भव नरहेको उहाँले बताउनुभयो ।
अध्यक्षका उम्मेदवार समेत रहनुभएका थापाले अहिले राप्रपाभित्र देखिदै गएका आन्तरिक फुटको राजनीतिले पार्टी कमजोर हुँदै जाने आशंका पनि उहाँले व्यक्त गर्नुभयो ।