सरकारले भन्यो- ओमिक्रोन नेपालमा देखिएको छैन, भरसक विदेश नजानू

प्रकाशित मिति:

काठमाडौँ । सरकारले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै भरसक विदेश नजान आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको छ। यद्यपि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो।