बि.पि कोइराला स्कुल अफ पब्लिक पोलिसी गण्डकी प्रदेशद्वारा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हुदै

प्रकाशित मिति:

बि.पि कोइराला स्कुल अफ पब्लिक पोलिसी गण्डकी प्रदेशद्वारा ” नेपालि कांग्रेसको १४औ महाधिवेशनको सन्धर्भमा निति , नेतृत्व र सङ्गठन ” विषयमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

यहि मिति २०७८/०८/१७ गते बिहान १०:३० बजे नेपाली कांग्रेसको पाटि कार्यालय कास्की ,पोखरा चिप्लेढुंगा मा आयोजना हुन गैरहेको कार्यक्रममा गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला,क्षेत्रीय एवं प्रदेश सभापतीहरु, सम्पुर्ण महासमिती सदस्यहरु ,महाधिवेशन प्रतिनिधि एव प्रदेश प्रतिनिधिहरु, नेपाली कांग्रेसका विभिन्न तहमा आबद्ध अग्रज एव सम्पुर्ण लोकतन्त्र प्रेमी साथीहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। ” अध्यक्ष नारायण पाण्डे ”

बि.पि कोइराला स्कुल अफ पब्लिक पोलिसीले यस भन्दा अगाडि पनि “कालिगण्डकी-तिनाउ डाइभर्सन; दिगो विकासका प्रश्न र हाम्रो सरोकार”, “वि.पी को प्रजातान्त्रिक समाजवाद,संघियता र आर्थिक समृद्ध ” र अन्य  विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको थियो ।