एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

प्रकाशित मिति:

काठमाडौं । संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ ।बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गर्नुभयो ।

 

कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकको बैंक तथा वित्तीय क्षेत्रको विकासका साथै हरित उद्यम प्रवद्र्धनमा योगदान गरेबापत विश्व प्रसिद्ध सम्मान प्राप्त गरी नेपालको ‘बैंकिङ’ इतिहासमा नयाँ अध्याय प्रारम्भ गरेकामा बैंकमा आबद्ध सबैप्रति बधाई ज्ञापन गर्नुभयो । राष्ट्रको अर्थतन्त्र उजिल्याउन थप मेहनतका साथ काम गर्न पनि उहाँले बैंक व्यवस्थापनलाई सुझाव दिनुभयो ।