कक्षा १२ काे परीक्षाफल प्रकाशितबारे अन्तिम तयारी पूरा, साँझसम्म सार्वजनिक हुने सम्भावना

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्ने बारे छलफलका लागि आज अपरान्ह ३ बजे बोर्डको बैठक बोलाइएको छ ।

बोर्ड स्रोतका अनुसार सकभर आजनै परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको छ । आज सम्भव नभए भोली प्रकाशित हुने बताइएको छ ।

तीन बजे बोलाइएको बोर्ड बैठकमा परीक्षाफल प्रकाशित गर्नका लागि गरिएको अन्तिम तयारी हेरिने र भ्याएसम्म आजै परीक्षाफल प्रकाशित गरिने बोर्ड स्रोतले जनाएको छ ।