अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम भव्य, खेलकुद मन्त्रीले गरे सम्मान

प्रकाशित मिति:

मङ्सिर २६ काठमाडाैं – फरक किसिमको गायनकला भएका अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम सम्पन्न भएको छ । ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ बोलको गीत गाएपछि धेरै ठाउँमा उनकाे माग अाउन थालेकाे छ । यसैबीच बुधबार लगनखेलमा रहेको आर्मी ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुति दिएका थिए ।
दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा प्रस्तुति दिन गएका अशोक र टंकलाई खेलकुदमन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यति ठूलो कला भएको भन्दै पशंसासमेत गरेका थिए ।

साथै उनले प्रस्तुति दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै सम्मान गरे । सातै प्रदेशबाट आएका विभिन्न विद्यालयका खेलाडीहरुले अशोकले गीत गाउन थालेपछि अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।
अशोकले गीतलाई ट्रयाकमा गाउने क्रममा केही भुल गर्थे भने टंक सच्चाउँदै जान्थे । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केही समस्या परेको देखिन्थ्यो ।

कार्यक्रम सकेपछि टंकले अशोकको पहिलो स्टेज कार्यक्रम नै नेपाल सरकारको लोगो भएको ब्याज लगाएर गर्न पाउँदा निकै खुशी लागेको पनि बताए ।
साथै उनको प्रतिभालाई खेलकुदमन्त्रीले नियाल्नु पनि ठूलो उपलब्धीभ भएको उनको भनाई थियो ।
अशोकले सबै कुरा सोच्न सक्दैनन, उनले तपाईंलाई कसले मायाको चिनो प्रदान गर्यो भन्दा प्रधानमन्त्रीले भनिरहेका थिए । अहिले अशोकका लागि स्टेज कार्यक्रमहरु बढ्ने क्रममा छन् । उनी केही दिनमा विदेशका केही कार्यक्रमहरुका लागि जाँदैछन् ।