नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगर्ने प्रवृत्तिकाविरुद्ध रेखा थापाको उम्मेदवारी

प्रकाशित मिति:

काठमाडौं । अभिनेत्री तथा राप्रपा नेता रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गर्नुभएको छ । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गर्नुभएको हो ।

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उहाँले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताउनुभयो ।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने थापाको भनाइ छ ।