राप्रपामा लिङ्देन र थापा दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

प्रकाशित मिति:

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन र रेखा थापाले मनोनयन दर्ता गरेका छन् । लिङ्देनले अध्यक्ष र थापाले उनको प्यानलबाट महामन्त्रीमा मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै, कमल थापा र कुन्ती शाहीले पनि लिङ्देन र थापालगत्तै मनोनयन दर्ता गरेका छन्।संशोधित निर्वाचन कार्यतालिका अनुसार बिहान साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम छ।

नयाँ नेतृत्वका लागि मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। त्यसलगत्तै मतगणना हुनेछ । राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा छन्।