हरैया बहुमुखी क्याम्पसको आत्मघाती गोलका कारण एभरेष्ट फाइनलमा

प्रकाशित मिति:

१७ मंसिर,कञ्चन-रुपन्देहीको भैरमघाट बालाचतुर्दशी मेलामा सञ्चालित खुल्ला फुटवल खेल प्रतियोगितामा खेलको १० औं मिनेटमा हरैया बहुमुखी क्याम्पसका आकाश रानाको आत्मघाती गोलका कारण एभरेष्ट फुटवल क्लव फाइनलमा प्रबेश गरेको छ ।बिहीबार समपन्न हरैया बहुमुखी क्याम्पस र एभरेष्ट फुटवल क्लव बिच भएको पहिलो सेमी फाइनल खेलमा पहिलो पटक हरैया बहुमुखी क्याम्पसका आकाश रानाबाट बिपक्षी टिमका लागि पहिलो आत्मघाती गोल भएको हो ।

यसैगरी एभरेष्ट फुटवल क्लवका मिवा झनिरले खेलको ५५ औं मिनेट गोल गरी २-० गोल अन्तरले टिमलाई अग्रता दिलाएका थिए । झनिरले खेलको ५५ औं मिनेटमा गरेको गोल नै एभरष्टका लागि फाइनल चरणमा प्रबेश गर्ने मौका मिलेको थियो ।यस्तै हरैया एफ सी। र सुनगाभा एफ सी बिच भएको दोश्रो सेमिफाइनल खेलमा सुनगाभाले हरैयालाई १-० गोल अन्तरले पराजित गरी सुनगाभा फाइनलमा प्रबेश गरेको छ। सुनगाभाका आशिष गुरुंगले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए ।

एभरेष्ट फुटवल क्लव र सुनगाभा एफ।सी बिच भोली मंसिर १८ गते अन्तिम प्रतिस्पर्धा हुने छ भने १७ गते बालाचतुर्दशी शतविज छर्ने मेला र बिविध सांस्कृतिक कार्यक्रम हुनेछ । २२ फुटवल टिमहरुले सहभागित जनाएको तियोगितामा विजेता टिमले नगद ४० हजार रुपैया र उपविजेता टिमले नगद २५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र पाउने छन भने बिधागत रुपमा उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकको रुपमा छनौट हुने खेलाडीले मेडल र सम्मान पत्र प्राप्त गर्ने भैरमघाट बालाचतुर्दशी मेलामा खेलकुद ब्यबस्थापन समितिका संयोजक हेम बहादुर थापाले जानकारी दिनु भएको छ।