गलकोटमा ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न

प्रकाशित मिति:

सुरेश छन्त्यालर गलकोट- बागलुङको गलकोट नगरपालिका ३ को वडा कार्यालय हटिया ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न भएको छ। हाम्रो प्राथमिकताको आधार अपांगता भएका व्यक्तिको अधिकार भन्ने मुल नाराका साथ ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न भएको छ । गलकोट नगर स्तरीय अपांग सञ्जाल गलकोट नगरपालिका बागलुङका उपाध्यक्ष गुन खत्रीको अध्यक्षतामा

गलकोट नगर स्तरीय अपांग सञ्जाल गलकोट नगरपालिका बागलुङको आयोजनामा गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गलकोट र ग्रामिण स्वास्थ सुधार परियोजना fair med byc बागलुङको सहयोगमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका गलकोट नगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष तथा नेपाली काग्रेस गलकोट नगर कार्य समितिका सभापति विरजङ भण्डारीले ३० औं अन्तर्राष्ट्रिय अपांग दिवसको शुभकामना दिदै फरक क्षमता भएका व्यक्तिहरु बढ्दै जादा विभिन्न खालको समस्याहरु देखा परेको जटिल अवस्थामा आउने देखिएको भन्दै राज्यले फरक क्षमता भएका व्यक्तिहरुको पहिचान गर्न जरुरी देखिरहेको भन्ने धारणा व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा ग्रामिण स्वास्थ सुधार परियोजना fair med byc  बागलुङका फिल्थ सुपर भाइजर वियोम नारायण भारि, सामाजिक परिचालिका अन्जना छन्त्याल, प्रत्येक वडादेखि अपांग संजालका प्रतिनिधि लगाएतको सहभागी रहेको थियो। भने सोहि कार्यक्रममा गलकोट नगरपालिका भित्र रहेका ४ जना अपांग भएका बालबालिकालाई सम्बन्धित अस्पतालमा नि।शुल्क उपचारका लागि पठाइने र आवश्यकता अनुसार २ जनालाइ वैसाखे लठ्ठी वितरण भएको छ। गलकोट नगर स्तरीय अपांग सञ्जाल गलकोट नगरपालिका बागलुङका उपाध्यक्ष गुन खत्रीको अध्यक्षताअपांग परिचय पत्र वितरण समितिका सदस्य पिदम घर्तिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन अपांग परिचय पत्र वितरण समितिका सदस्य हेमराज गैरेले गर्नु भएको थियो।