अन्र्तराष्ट्रिय आप्रबासी कामदार दिवस पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरि सप्ताहब्यापी रुपमा मनाइने,

प्रकाशित मिति:

अन्र्तराष्ट्रिय आप्रबासी कामदार दिवस २०२१ को अवसर पारि दिवसलाई पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम मनाइने भएको छ । जिल्लामा बैदेशिक रोजगारको क्षेत्रमा काम गरिरहेको आप्रवासी परिवार हकहित मञ्च नवलपरासी र स्थानिय सरकारको नेतृत्वमा सेवा प्रदायक सस्था ईन्द्रेणी समाजिक विका मञ्च पञ्चनगरद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामि बीचको शुक्रबार भुमहीमा सम्पन्न सयुक्त बैठकले सो निर्णय गरेको हो ।

आप्रवासी परिवार हकहित मञ्चका जिल्ल अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा एवं ईन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्प्न्न बैठकले दिवसलाई सभ्य र भब्य रुपमा मनाउनको लागी विविध कार्यक्रम सहित सप्ताहब्यापी कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । बैठकले यही मशिंर २० गते देखी २६ गते सम्म जिल्लाका प्रत्येक पालिकामा सरोकारवाला संग छलफल एवं अन्तरकृया गर्ने, २७ गते देखी २९ गते सम्म जिल्लाभर सचेतनामुलक र्याली गर्ने, पौस १ गते बैदेशिक रोजगार सम्बन्धी सडक नाटक प्रस्तुत गर्ने, पौस २ गते बैदेशिक रोजगारीमा मृत्यु भएका कामदारको सम्झनामा जिल्लाका सात वटै पालिमा दिप प्रज्वलन गर्ने र पौस ३ गने अर्थात १८ डिसेम्बरमा बैदेशिक रोजगार बाट प्रभावित बालबालिकाहरुलाई शैक्षिक समाग्री सहित न्यानो कपडा प्रदान गर्दै जिल्ला स्तरिय अन्र्तकृया कार्यक्रम मनाउने निर्णय गरेको सामि परियोजनाका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभएको छ ।

सो अवसरमा मञ्चका पदाधिकारी, सामी परियोजनाका कर्मचारी लगाएत सरोकारवालाको सहभागिता रहेको बैठकमा मञ्चकी कोषाध्यक्ष सुमित्रा चौधरीको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन मञ्चका जिल्ला सचिव रामु भुसालले गर्नुभएको थियो । प्रत्येक बर्षको डिसेम्बर १८ लाई अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवसको रुपमा मनाउदै आइरहेको छ ।