प्रधान्यायाधीशलाई महाअभियोग लगाउन ‘होमवर्क’ भइरहेको सत्ता गठबन्धनका सांसदको खुलासा
काठमाडौं । सत्तारुढ गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले अब बस्ने संसद बैठकले सो विषय प्रवेश पाउने बताएका हुन् ।
सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको दाबी गरे । उनले भने, ‘उहाँका विरुद्धमा महाअभियोग लाग्न सक्छ, लाग्नुपर्छ । अरु कुराबाट भन्दा पनि उहाँ महाअभियोगबाटै जानु बेस । राजीनामा किन माग्ने रु संविधानतः पनि उहाँलाई महाअभियोग लगाएर बिदा गर्नुपर्छ । र अदालतमा कोही पनि कानूनभन्दा माथि छैन भन्ने सिद्ध हामीले गर्नुपर्छ । संवैधानिक बाटोबाटै यो समस्याको समाधान गर्ने योजनालाई जारी राखौं । त्यो कुरामा हामी सबै लाग्नु पर्छ ।’