पश्चिम नवलपरासीको बर्दघाटमा विद्यालय स्तरिय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न,

प्रकाशित मिति:

रामु भुसाल- शैक्षिक एक्यबद्धताको समुह जिसन नेपाल नवपरासीको आयोजनामा निजि विद्यालय स्फ्तरिय गायन तथा नृत्य प्रतियोगिता सिजन ८, शुक्रबार बर्दघाटमा सम्पन्न भएको छ । जिसन नवलपरासीका जिल्ला अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता तथा शिक्षा विकास समन्वय ईकाई नवलपरासीका प्रमुख डोलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले निजि विद्यालयहरुले किताबी ज्ञानलाई मात्र प्रथमिकता नदिई शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना विद्यार्थीहरुलाई अगाडी बढाइरहेको र विद्यार्थीमा रहेको प्रतिभालाइ उजगार गर्ने वातावरण सिर्जना गरेको प्रति धन्यबाद दिदै अन्य सम्पुर्ण विद्यालयले सो कुराको सिको गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा प्याब्सनका केन्द्रिय सदस्य एवं जिसनका सल्लाहकार यम बहादुर थापा, प्याब्सन जिल्ला अध्यक्ष ईन्द्र गुरुंग, बर्दघाट नगर शिक्षा शाखा प्रमुख ईन्द्र कुवंर, विनयी त्रिबेणी गाउपालिकाका शिक्षा शाखा प्रमुख भुपराज पाण्डे लगाएतले शैक्षिक गतिबिधि बारे मन्तब्य राख्नु भएको थियो । जिसन नवलपरासीका अतिरिक्त क्रियाकलाप सम्योजक विष्णु प्रसाद चौधरीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो ।

नवलपरासीमा ४५ निजि विद्यालयको आबद्धता रहेको जिसन नवलपरासीमा सो प्रतियोगितामा गायन तर्फ १९ बिद्यालयका बिद्यार्थी र नृत्य तर्फ २५ बिद्यालयका गरि प्रतियोगितामा ४४ टिमको सहभागिता रहेको प्रतियोगितामा गायन तर्फ प्रथम फ्युचर लाइट एकेडेमी परासीका छात्रा सिता यदव, दोस्रो बसन्तपुर जेनिथ बासाका छात्र सुरज गुप्ता, तेस्रो लिटिल स्टेप अरुणखोलाका छात्रा हेमा थापा र सान्तवना स्थान द पाइनियर सेकेन्डरी स्कुल सुनवलका छात्रा सानिया गौतमले हासिल गर्नु भएको छ भने नृत्य तर्फ प्रथम फ्युचर लाइट एकेडेमी परासीको टिम, दोस्रो द पाइनियर सेकेन्डरी स्कुल सुनवलको टिम, तेस्रो होली केयर सेकेन्डरी पाल्डाँडाको टिम र सान्तवना सालबास सनराइज भुताहाको टिमले हासिल गरेको छ । उत्कृष्ट स्थान हासिल गर्ने सम्पुर्णलाई ट्रफि, प्रमाणपत्र र मायाको चिनो प्रदान गरियको थियो । सो प्रतियोगितामा जिसनका जिल्ला उपाध्यक्ष थमन शेरचनको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक पौडेलले गर्नुभएको थियो ।