मणिमुकुन्द कलेका विद्याथीहरु एकाबिहानै वृद्धाश्रममा

प्रकाशित मिति:

१८ मंसिर, बुटवल । रुपन्देहीको योगिकुटिमा रहेको मणिमुकुन्द कलेजका विद्यार्थीहरुले शनिवार वृद्धवृद्धा, विपन्न परिवार, अपांग र बालबालिकालाई बिभिन्न सहयोग गरेका छन । मणिमुकुन्द स्टुडण्ड कोअपरेटिभ काउन्सिल र मणिमुकुन्द एपियरी साइन्स सोसाइटिको आयोजनामा खाद्यान्न, लत्तकपडा तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कलेजका विद्यार्थीहरु तथा प्राध्यापकहरुबाट आर्थिक संकलन गरि विद्यार्थीहरुले शिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैँजु वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न र जाडोका लत्ताकपडा प्रदान गरेका छन ।

बृद्धाश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले विद्यार्थीहरुको सामाजिक कामको प्रसंसा गर्दै वृद्धाश्रममा आश्रय लिइरहेका बृद्धबृद्धाहरुलाई स्वस्थ जिवनका लागि शारीरिक रुपमा सक्रिय रहन आग्रह गर्नुभयो । एम।एस।सि।सि र एम। ए। एस।एस का अध्यक्षद्धय शिशिर ज्ञवाली र अनमोल श्रीसको अध्यक्षता, क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र बिद्यार्थी नग्मा रेग्मीको संचालनमा सम्पन्न कायृक्रममा कलेजका सहायक क्याम्पस प्रमुख दिवाकर खनाल र वृद्धाश्रमका संचालक कृष्ण रेश्मी लगायतले बोल्नुभएको थियो ।

विद्याथीहरुले आजै बुटवल तथा तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने २० बिपन्न र अपांग परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन भने २० परिवारका ४० भन्दा बढि बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेका छन । बिभिन्न क्षेत्रबाट संकलित तथ्यांकको आधारमा कलेज पाङ्गढमा अपांग तथा बिपन्न परिवारलाई जम्मा गरि सहयोग सामाग्री वितरण गरिएको कलेजले जनाएको छ । सो कार्यक्रमको संचालन विद्यार्थीद्धय कृतिमा विश्वकर्मा र कृतिका पौडेलले गरेका थिए ।