काँग्रेस गण्डकी प्रदेशमा ११४६ मत खस्यो, कस्ले मार्ला बाजी ?

प्रकाशित मिति:

पोखरा, १८ मंसिर । नेपाली काँग्रेसको गण्डकी प्रदेशको मतदान सकिएको छ । ११६५ मतदातामध्ये ११४६ ले मतदान गरे । १९ जना अनुपस्थित भए ।

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र संस्थापन इतर समूहबाट शुक्रराज शर्मा सभापतिका उम्मेदवार छन् । शर्मा पुराना काँग्रेस नेता हुन् । जोशीको पनि पकड बलियो छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। सशांक कोइरालाको चुनावी क्षेत्र भएकाले गण्डकी प्रदेशको चुनावलाई महत्वका साथ हेरिएको छ । त्यहाँ संस्थापन पक्ष पौडेल र कोइरालालाई धक्का दिने गरी जोशीलाई चुनाव जिताउन लागिपरेको छ ।