कांग्रेस कर्णाली प्रदेशको सभापतिमा देउवा समूहका ललितजंग शाही विजयी

प्रकाशित मिति:

सुर्खेत- नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजय भएका छन्। प्रतिद्वन्दी भूपेन्द्रजंग शाहीलाई १०५ मतको अन्तरले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन्।

ललितजंगले ४२२ मत प्राप्तगरी विजयी हुँदा उनका प्रतिद्वन्दी भुपेन्द्रजंगले ३१७ मत मात्रै प्राप्त गरे। कुल खसेको ७५४ मतमध्ये ८ मत बदर भएको छ।

त्यस्तै सभापतिकै अर्का उम्मेद्वार मोतीराज बलमे ७ मत मात्रै प्राप्त गरे। भूपेन्द्रजंग संस्थापन इतर (रामचन्द्र पौडेल) र मोतीराज विमलेन्द्र निधी समूहबाट उम्मेद्वार बनेका थिए। अन्य पदाधिकारी र सदस्यहरुको मतगणना जारी छ। अन्य पदमा पनि संस्थापन समूह नै अगाडि छ।