लुम्बिनीमा पदाधिकारीतर्फको मतगणना सुरु हुन सकेन

प्रकाशित मिति:

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सदस्यतर्फको मतगणना सुरु भएपनि पदाधिकारीतर्फको मतगणना सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सदस्यहरुको गणनापछि मात्रै सभापतिसहित पदाधिकारीको गणना सुरु हुनेछ ।

आइतबार बिहानसम्म सदस्यतर्फ ४०० मत गणना भएको छ । लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि शनिबार कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका थिए । लुम्बिनीको सभापतिमा भरत शाह र अमर पुन प्यानल बनाएर मैदान छन् ।