कमल थापा भन्छन्- ‘यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ?’

प्रकाशित मिति:

काठमाडौं । भर्खरै सम्पन्न भएको महाधिवेशनबाट हार व्यहोरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमा अध्यक्ष कमल थापाले मन नराम्रोसँग फाटेको बताउनुभएको छ ।थापाले महाधिवेशनमा पराजित भएपछि कवि राजेन्द्र थापा रचित तथा अरुणा लामाद्वारा स्वरवद्ध गीत सम्झिदै आफ्ना राजनीतिक माथि गम्भीर प्रश्नचिन्ह खडा भएको बताउनुभएको हो ।उहाँले लेख्नुभएको छ, ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो ।

पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने होु

उहाँले आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्रको हात भएको भन्दै निर्मल निवासप्रति असन्तुष्टि पोख्नुभएको छ ।