संसद विघटन गर्नु ओलीको गल्ती होइन : महासचिव पोखरेल

प्रकाशित मिति:

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले राजनीतिक मुद्दालाई जनताको विषयवस्तु बनाउन चाहेकाले संसद विघटन गरेको बताएका छन् । सोमबार काठमाडौमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेको आरोप पनि लगाए ।पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दावी गर्दै उनले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने जिकिर गरे । ‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुन्छ रु’, महासचिव पोखरेलको प्रश्न छ ।

उनले कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको दावी गरे । उनले त्यस्तो फैसलाविरुद्ध मुद्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको टिप्पणी गरे ।‘किनकि राजनीतिको सर्वेसर्वा राजनीतिक दलहरु हुन् अदालत होइन’ पोखरेलको भनाइ छ । तर उनले नेपालको राजनीतिक मुद्दाका हरेक विषय अदालतमा लगेर विवादमा पार्ने काम गरेको आरोप लगाए । ‘कसका तर्फबाट रु आज सरकारमा रहेका पार्टीहरूका तर्फबाट त्यस्तो काम भएको छ । गठबन्धनका तर्फबाट हरेक राजनीतिक मुद्दालाई अदालतको विषयवस्तु बनाउने काम भएको छ’, पोखरेलको भनाई छ ।

उनले नेकपा एमालेले राजनीतिक मुद्दालाई अदालतको नभई जनताको विषयवस्तु बनाउन चाहेको दावी गरे । उनले केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले गल्ती ओलीकै भएको भनेर प्रचारबाजी गर्ने गरेपनि त्यसमा सत्यता नरहेको बताए । ‘हो दुई पटक विघटन र पुनःस्थापना पनि भएको हो । तर आज अदालतमा भएको बहसलाई सुन्नुस् त रु’ पोखरेलले अदालतभित्रै स्वार्थको खेल भएको टिप्पणी गरे ।