स्याङ्जाका युवा नेता बिष्णु पौडेलद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उमेद्वारीको घोषणा

प्रकाशित मिति:

नेपाली काँग्रेसका युवा नेता बिष्णु पौडेलले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेद्वारीको घोषणा गर्नु भएको छ ।

राजनैतिक पृष्ठभूमिको परिवारमा हुर्किनु भएका पौडेल नेपाल विद्यार्थी संघको जिल्ला र केन्द्रिय राजनीति हुँदै नेपाली कांग्रेसको पार्टी राजनीतिमा क्रियाशील रहदै आउनु भएको छ । गण्डकी प्रदेश र देशभरका युवा, विद्यार्थीहरु र तरुणहरुका माझ लोकप्रिय छवि बनाउनु भएका पौडेल केन्द्रीय समितिमा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको सहभागिता अपरिर्हाय ठान्दै आफ्नो उमेदवारी प्रस्तुत गरेको बताउनु भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय समितिका नेताहरुका माझ विश्वसनीय पात्रका रुपमा चिनिनु भएका पौडेल २०७४ सालको निर्वाचनमा स्याङ्जा जिल्ला संघिय निर्वाचन क्षेत्र न २ को प्रदेशसभा क को प्रदेश सांसदको उमेदवार बन्नु भएको थियो । पौडेलले केन्द्रिय समितिमा आफ्नो उपस्थिति पार्टीको संगठन सुद्दढीकरण, युवा तथा तरुणहरुको प्रतिनिधित्वको एजेण्डा स्थापित गर्दै लोक कल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण सावित हुने उदघोष पौडेलको छ ।पौडेल केन्द्रमा नेपाली काँग्रेसको सस्थापन पक्ष शेरबहादुर देउवा, गोपालमान श्रेष्ठ तथा युवा नेताहरु विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, नैनसिंह महर लगायतका नेता निकट रहेको बताईएको छ ।