कांग्रेस प्रतिनिधिले चिन्न नसकेका दूई आशा लाग्दा नेता

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाअधिवेसन अन्तरगत ७ मध्ये ६ प्रदेशमा नेतृत्व चयन भएको छ । प्रदेश नम्बर २ मा भने स्थगीत छ । देशव्यापी रुपमा कांग्रेसका कार्यकर्ताले नेतृत्व चयन गरे । वडा तहदेखि केन्द्रसम्म नेतृत्व चयन गर्ने क्रममा प्रदेशसम्म पुग्दा स्थानीय तहमा केही युवा नेता विजयी भए भने, प्रदेशमा केहि आशा लाग्दा नेताले पराजित हुनुपर्यो । केन्द्रबाट प्रदेशमा झरेका दूई चर्चित अनुहार प्रदेश सभापतिमा हारे । लोकप्रिय नेता गुरुराज घिमिरे र युवा नेता भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा पराजित हुनुपर्यो । नेता घिमिरे २ मतले पराजित भए भने, नेता शाहीले १२५ मतले पराजित हुनुपर्यो ।

कांग्रेस रुपान्तरणको विषय उठिरहँदा वैचारिक नेताको छवि बनाएका घिमिरे र हालै मात्रै कांग्रेस रुपान्तरणको लागि ३० वुंदे प्रस्ताव सार्वजनिक गरेका शाही पराजित भए । नेता शाही कांग्रेसका लोकप्रिय नेता हुन । उनले आफ्नो गृह जिल्ला कालिकोटका सवै स्थानीय तहमा र जिल्लाको नेतृत्व छनौटमा निर्विरोध रुपमा चयन गराउन सफल भएका थिए । विद्यालयकाल देखिनै दुर्गम कालिकोट हुँदै काठमाडौं सम्म नेता शाहीको राजनीति समय संघर्षपूर्ण नै रहेको थियो । कालीकोट निवासी शाही नेपाल तरुण दलका महामन्त्रीसमेत हुन् । उनले आफू पार्टीको प्रदेश सभापति पदमा विजयी भए प्रदेशमा पार्टीलाई पहिलो स्थानमा पुर्‍याउने र युवा पङ्क्तिलाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल विद्यार्थी संघ हुँदै तरुण दलको राजनीतिमा क्रियाशील शाही २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट उम्मेदवार बनेका थिए । तर पराजित भएका थिए । कांग्रेस गुट उपगुटको सिकार हुँदा युवा नेता तथा पार्टीमा अगाडि बढाउनु पर्नेमा अझैं पनि कार्यकर्तामा चेतना आउन नसकेको स्पष्ट छ । पार्टीलाइृ एकढिक्का बनाउने जति नारा लगाए पनि कांग्रेसमा राम्रो भन्दा हाम्रो गुटको भन्ने चलन झ बढ्दै गउको देखिन्छ ।सभापतिमा परजित भएका दुवै नेता घिमिरे र शाहीले पराजीत मानसिकता त्यागेर अगाडि बढ्ने र पार्टी निर्माणमा लाग्ने बताएका छन् । यो पनि कांग्रेसमा गुटमा रमाउनेहरुको लागि अप्रिय बनेको हुनसक्छ तर युवाहरुको यो प्रतिवद्धताले एकपल्ट फेरि कांग्रेसका कार्यकर्तालाई भने सोच्न बाध्य बनाएको छ ।

सभापतिमा पराजित भएका नेता भुपेन्द्रजंग शाहीले आफू विचलित नभइ पार्टी निर्माणको अभियानमा लाग्ने बताएका छन् । कर्णाली प्रदेशको नेतृत्वमा निर्वाचित टिमलाई आफ्नो पूर्ण सहयोग रहने र पराजित मानसिकता नबनाउने उनले बताएका छन् । उनले एक कार्यक्रम गरेर आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै नआत्तिकन धैर्य गरेर अघि बढ्न आग्रह गरेका हुन् । निर्वाचनमा जित र हार स्वाभाविक रहेको बताउँदै गुटगत मानसिकताबाट माथि उठ्नुपर्ने उनको भनाइ थियो । आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आफ्नो ध्यान केन्द्रित हुने शाहीले बताएका छन् ।

त्यस्तै, सभापति पदमा २ मतले पराजिचत भएका नेता गुरुराज घिमिरेले अब प्रदेशमै बसेर पार्टीलाई बलियो बनाउन काम गर्ने बताएका छन् ।कांग्रेसका युवा प्रचिनिधित्व बढेको र संगठन विस्तार तथा आगामी निर्वाचनमा युवा साथको पाउने आंकलन गरिरहँदा गुट उपगुट तथा केहि नेताको स्वार्थको लागि आशा लँग्दा व्याक्तिले पराजित हुनुपरेको छ । यस्तो अवस्थामा अब केन्दी्रय सदश्य तथा केन्द्रीय पदाधिकारीको निर्वाचनमा कार्यकर्ताले ध्यान पुर्याउनु जरुरी छ । फेरि उहीं गुटगत राजनीतिले स्थान पायो भने कांग्रेस कहाँ पुग्ला रु