युनियन नवलरासीको नव निवार्चित कार्यसमितिको पहीलो बैठक सम्पन्न ।

नवलपरासी

प्रकाशित मिति:

शिव न्यौपाने , नवलपरासी । मंसिर २६ गते ।नेपाल प्रेस युनियन नवलरासी (बर्दघाट सुस्ता पश्चिम) को नव निवार्चित कार्यसमितिको पहीलो बैठक बुधवार सम्पन्न भएको छ । युनियनले नेपाल पत्रकार महासंघको आसन्न पुस १४ गते हुन लागेको बार्षिक साधारण सभामा आफ्नो ध्यान केन्द्रित भएको बताएको छ ।

संघिय संरचना अनुरुप नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट पुर्व र पश्चिम गरी दुई जिल्लामा अहिलेका कार्यसमिति बाडिने हुंदा केही पद खालि हुने देखिन्छ । खालि पदमा परीपुतिका विषयमा सस्थाको निर्णय भन्दा बाहीर गई कुनै पनि गतिविधि गरेमा साधारण सदस्य समेत नरहने गरी कारर्वही गर्ने निर्णय गरेको छ । साथै बैठकले पुर्व अध्यक्षहरु जान्हवी प्रसाद जोसी, टिकाराम गैरे र आर पि उपाध्ययलाई सल्लाहकारमा चयन गरेका अध्यक्ष पुरुषोम सुवेदीले जानकारी दिनु भयो ।

थप समाचार