जन्ती सवार स्कार्पियो र बस ठोक्किँदा ६ जनाको मृत्यु

२७ मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


दाङ । दाङको लमही नगरपालिका–९ रिहारमा जन्ती सवार स्कार्पियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । बुधबार राति बाँकेको समशेरगञ्जतर्फ जन्ती लिएर फर्किंदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कार्पियोमा रहेका ८ जनामध्ये ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुलाहाका आमा, बाबु र आफन्त छन् ।

दुलाहाका बुबा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया आमा बिमला, ५ वर्षीय प्रविण केसी, ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४५ वर्षीया गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । घाइतेको कोहलपुरमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद