दुबै पन्छी एकै स्थानमा

गायक प्रधानले अमितको स्वरको खुलेर प्रंशसासमेत गरे

प्रकाशित मिति:

विष्णु खत्री,मंसिर २६ सैनामैना प्रदेश नं ५ को सानअमित बराललाई खुलेर गरौ सम्मान,नेपालको सानलुम्बिनीको पहिचान,आउँदैछन् दुबै पंक्षी एकै स्थानभन्ने नारा मार्फत रुपन्देहीमागायकपुष्पनप्रधान र नेपालआईडलका अमित बराललाई भव्य स्वागततथा सम्मानगरिएको छ ।  सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यायमा भएको कार्यक्रममा गायक पुष्पन प्रधान र एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपालआईडल सिजनटु को टप फाईभमा पुग्न सफल मुर्गियाकाअमित बराललाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो ।  सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गायकपुष्पन र अमित दाजु भाई बनेर सैनामैनामा आउँदा निकै खुसी लागेको बताए । कार्यक्रमका प्रमुखअतिथी समेत रहेका कार्कीले अमितले समग्र सैनामैनालाई विश्वसामु चिनाउन सफलभएको भन्दैआगामीयात्राकालागिशुभकामनाव्यक्तगरे ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले अमित देशकै गहनाभएको बताए । उनले अमित टप फाईभमापुग्नु ठुलो उपलिब्ध ठानेको उल्लेख गर्दै उज्जवल भविष्यको कामना गरे ।  कार्यक्रममापुष्पन र अमितले एकै साथ ‘पन्छी’ ‘बाबुको जुंगो’ ‘ठुल्दाजु’ ‘सुन साईली’लगायतकागीतहरु प्रस्तुत गरे । ‘पन्छी’ गीतमापुष्पन र अमितले एकै साथगाउँदा फ्यान र शुभचिन्तकको घुँईचो नै लागेको थियो । अमितले सबैको अपार माँयाले नै आफु यहाँ सम्मआउन सफलभएको भन्दै सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गरे । बरालले सम्पुर्ण सैनामैनाबासीलगायत सबैप्रतिआफु सधै ऋणि रहेको बताए ।  कार्यक्रममापुष्पनप्रधानले भने – रुपन्देहीबासीको चाहनाको सम्मानगर्दै र अमितआफ्नो जिवनमाविधाताबनेर आएकाले सैनामैनामा सँगै आएको हुँ ।

गायक प्रधानले अमितको स्वरको खुलेर प्रंशसासमेत गरे ।
कार्यक्रमअमित बरालकाबुवाजिवन बरालको अध्यक्षता,सैनामैनानगरपालिकाका मेयर चित्रबहादुर कार्कीको प्रमुखआतिथ्यता,नेपालीकांग्रेस जिल्लाउपसभापति फणिन्द्र प्रसादशर्मा,गायकपुष्पनप्रधान,नेपालआईडलको टप ५ मापुग्न सफलअमित बरालको विशिष्ठ आतिथ्यता,अमितका गुरु बिकाशबोलखे,नेपालआईडलको टप नाईनमापुग्न सफलसुर्खेतकासुबिन सिंह,नेकपानगर संयोजकखुसीरामचौधरी,कांग्रेस नगरसभापति रामप्रसादअधिकारी,लायन्स क्लवअफ सैनामैनाकाअध्यक्षचित्रबहादुर के.सी,सुनगाभापब्लिकविद्यालयकाप्राचार्य तिलब के.सी लगायतको आतिथ्यतामासम्पन्नभएको हो ।कार्यक्रमविकाशबोलखेको धन्यवाद ज्ञापन तथाखिमश्रेष्ठको संचालनमा सम्पन्नभएको थियो ।  यसैबिचप्रभातआवसीयबोडिङ स्कुलमापुष्पन र अमितलाई एक साथ स्वागतएवम् सम्मानगरिएको छ । प्रभातआवसीयविद्यालयमाकक्षा १० सम्मअध्ययन गरेका बराललाई विद्यालय परिवारले पुष्प गुच्छा सहित स्वागत गरेको हो । प्राचार्य अनन्तरामशर्माले अमितले सैनामैनागायन क्षेत्रमापनिअब्बल रहेको कुरा साबित गरेको बताए । शर्माले प्रतिभाको कदर एवम्सम्मान सबैले गर्नुृपर्ने बताउँदै विद्यालय परिवार सदैव सहयोग गर्न तयार रहेको बताए ।
सोमबार दिउँसो भैरहवा एयरपोर्टबाट गृह जिल्लाओर्लिएकाअमित र गायकपुष्पनको स्वागतएवम् सम्मानकालागिविमानस्थलमै बाजागाजा सहितको टोलीपुगेको थियो । बाजागाजा सँगैको टोलीलाईसैनामैनामाआमा समुह,क्लव,विद्यालय,सँघ संस्थातथा सैनामैनाबासीले अबिर पुष्प गुच्छा सहित स्वागत गरेकाहुन् ।
चर्चामा कसरी आयो ? ‘पन्छी’
नेपालआईडलको यात्रामाप्रतिस्पर्धा गरेकाअमितले सबै दर्शकश्रोताको मन मनमा कसरी अट्न सकिएलाभन्ने सोचिरहकाथिए । उनले कुनगीतमाउत्कृष्ट प्रस्तुतिप्रस्तुत गरी सबैको मन जित्नसक्छु होला?यस्तै सोचिरहन्थे ।  यसैक्रममाउनले देश तथाविदेशमा रहने सम्पुर्ण नेपालीहरुको मन जित्न नेपालीहरुको यथार्थता सँग जोडएको गीत ‘पन्छी’ आईडलको स्टेजबाट गाउने निर्णय गरे ।  उनले बिहिबार ‘पर्फमेन्स डे’ को दिनउक्तगीतमा स्वर दिए । अमितले गायकपुष्पनप्रधानको ‘पन्छी’ गीतमाआईडलको स्टेजबाट उत्कृष्ट स्वर दिएर ‘पर्फमेन्स अफ डे’ समेत बने । निर्णयकहरु न्यू बज्राचार्य,कालिप्रसादबाँस्कोटा र ईन्दिरा जोशी सहित देश विदेशमा रहने सम्पुर्ण नेपालीहरुलाई गीतमार्फत अमितले रुवाए । यो सँगै ‘पन्छी’ ले सर्वत्र चर्चा बटुल्यो ।
अमितले आईडलको स्टेजबाट स्वर दिएपछि पन्छी नामकगीत युटुबमा सबैले सर्च गरी हेर्न सुन्नथाले । यस्तैआईडलको स्टेजमाअमितले पुष्पनप्रधानसँगै एक साथगीतगाउने अवसर प्राप्त गरे ।  सोही स्टेजबाट पुष्पनले अमितलाई आफ्नो जिवनमाअमितविधाताबनेर आएको समेत उल्लेख गरे । यो सँगै गायकपुष्पन र आईडलका अमित बरालले दर्शकश्रोताको मन जित्दै अपार माँयापाउनथाले ।
नेपालआईडलबाट उत्कृष्ट ५ बाट अमितएलिमिनेसन भएपछि अमितको गृह जिल्ला रुपन्देही सहितपुष्पन र अमित ‘दुबै पन्छी एकै स्थान’भनीअन्य जिल्लामापनि स्वागत एवम् सम्मानका लागि सरिक हुँदैछन् ।