काठमाडौं– नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजालाई पार्टी खोल्न सुझाएकाछन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले राजतन्त्रका कुनै भविश्य नभएको र जनता फेरि त्यसको विरुद्धमा जाने बताए।
‘नेपालको राजनीतिमा कालो बादल मडाइरहेको छ, मैले राम्रो संकेत देखेको छैन । प्रतिगामी शक्तिले टाउको उठाउन खोजेको देख्दै छु ।’ उनले भने, ‘ राजतन्त्रका कुनै भविश्य छैन, जनता फेरि त्यसको विरुद्धमा जान्छन् । जनताले बंशको शासन स्वीकार्दैनन्, राजालाई राजनीति गर्न मन लागे पार्टी खोले हुन्छ ।’
उनले विकृतिका बहाकले विकृति फैलाउने हामीले टुलुटुलु हेरेर बस्न नसुहाउने बताए । ‘हामी लोकतन्त्र चाहान्छौं भने लोकतन्त्रका मान्यतालाई आत्मसाथ गर्नुपर्छ । सत्ता परिवर्तन मात्र महत्वपूर्ण होइन, आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा ध्यान दिन आवश्यक छ ’ उनले भने ।