काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्ने अहङ्कार नगर्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिए ।
काँग्रेसका केही नेताले चुनावमा एक्लै जानुपर्ने प्रस्ताव गरिरहेको तर्फ लक्षित गर्दै प्रचण्डले भने, ‘एक्लै हिँड्ने अहङ्कार नगरौँ । एक्लै हिँड्ने अहङ्कार गर्नेहरूको ओरालो यात्रा सुरु भएको नेपालको राजनीतिक इतिहासले देखाएको छ ।’ उनले एकता र सहकार्यबाट नै नेपालमा विभिन्न राजनीतिक परिवर्तन भएको, विस्तृत शान्ति सम्झौता भएको उदाहरणसमेत प्रस्तुत गरे । २०६३र६३ पछि मुलुकमा भएको राजनीतिक परिवर्तनमाथिको खतरा कायमै रहेको भन्दै उनले दलहरूबीच सहकार्यको खाँचो औँल्याए ।