चार प्रधानमन्त्री एकै ठाउँ भएको कार्यक्रममा प्रचण्डले भने, ‘हामी एकले अर्कोलाई प्रधानमन्त्री बनाएका हौं
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकले अर्कोलाई प्रधानमन्त्री बनाएको प्रसंग निकालेकाछन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले भने, ‘भारतीय जनता पार्टीका नेताले एकै पटक मञ्चमा यति धेरै प्रधानमन्त्री देखें भन्नुभयो त्यति मात्र हैन यहाँ अर्को संयोग पनि छ, यी प्रधानमन्त्री सबै एकले अर्कोलाई बनाएका हुन् ।’
उनले अहिलेको परिवर्तनको सुरुवात शान्ति सम्झौता पछि भएको र त्यसको सुरुवात आफू गिरिजा प्रसाद कोइरालाले गरेको बताए । उनले भने, ‘नेपालका राजनीतिक दलले शान्ति र लोकतन्त्रको मिसनमा बाहिर हुँदैनौं, हामीले विभिन्न परिवर्तनमा राजनीतिक दल एकै ठाउँमा छौं, हामी एकता प्रदर्शन गरेका छौं।’
उनले जनतामा जाँदा गरेका कुरा सरकारमा जाँदा चुकेको स्वीकार्दै यसबाट बिचलित हुँदै आएको बताए । उनले भने, ‘जनतामा पुगेर लोकप्रिय भएका शक्ति सत्तामा पुग्दा किन विचलन हुन्छन् रु त्यसको समिक्षा हुनुपर्छ, हामीलाई सुधार्नुपर्छ । उनले सरकारमा पुग्दा एकखालको दम्भ आउने र आफूमा पनि त्यो आएको स्वीकारे । उनले भने, ‘यो सबैमा हुन्छ, स्वीकारौं, यसले जनतासँगको सम्बन्ध विगार्दो रहेछ ।उनले कुनै पनि राजनीतिक दल एक्लै हिँड्न नसकिने बताए । उनले भने, ‘एक्लै नहिँडौं, यो अहंकार हो, एक्लै हिँड्दा ओरालोमा लागिन्छ ।’