नेपाली काँग्रेस तिलोत्तमाद्धारा शोक सभा सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा \ रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न। ५ जागृतिपथ १२ बिगाहा निवासी एंव नेपाली काँग्रेसका क्रियाशिल सदस्य दुर्गा पाण्डेको ४४ बर्षको अल्पायु उमेर मै भएको निधनप्रति नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले दुख ब्यक्त गर्दै बुधबार मृतकको घरमा शोकसभा सम्पन्न गरेको छ । पाण्डेको गत मंसीर २२ गते उपचारका क्रममा भारतको दिल्लीस्थित एक अस्पतालमा निधन भएको थियो । शोक सभामा बोल्ने बक्ताहरुले मृतक बस्नेतको अल्पायु मै भएको निधनले पार्टी एंव सिंगो परिवारलाई अर्पुणनिय क्षति पुगेको भन्दै मृतक आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै शोक मन्तब्य ब्यक्त गरेका थिए ।

पूर्व मन्त्री एंव नेपाली काँग्रेस रूपन्देहीका अध्यक्ष अब्दुल रज्जाकको प्रमुख आतिथ्य एंव वडा न। ५ का वडा सभापति रमेश डुम्रेको अध्यक्षतामा समपन्न शोक सभामा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँड, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे,  काग्रेस नेता हरि प्रसाद न्यौपाने एंव ९ नम्बर वडाका अध्यक्ष नारायण न्यौपाने लगायतले मन्तब्य दिदै शोकलाई शक्तिमा बदल्दै अगाडी बढिने बताएका थिए ।