न्युजिल्याण्डले धुम्रपानमा प्रतिबन्ध लगाउने

प्रकाशित मिति:

एजेन्सी, २४ मङ्सिर। न्युजिल्याण्ड सरकारले अन्ततः धुम्रपानमा प्रतिबन्ध लगाउने भएको छ। सरकारले भावी पुस्तालाई लक्षित गरी सुर्तीजन्य पदार्थ बिक्री र सेवन पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको हो। नयाँ कानुन सन् २०२५ देखि लागू हुने बताइएको छ। नयाँ कानुनअनुसार सन् २०२५ देखि १४ वर्ष र सो भन्दा कम उमेर समूहका व्यक्तिले सुर्तीजन्य पदार्थ किन्न र सेवन गर्न पाउने छैनन्।

धुम्रपानमाको बानी हटाउन न्युजिल्याण्डले भारी मूल्य वृद्धि गर्नेसमेत जनाएको छ। न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो। न्युजिल्याण्डलाई धुम्रपानमारहित मुलुक बनाउन भावी पुस्ताको लागि नयाँ कानुन ल्याइएको स्वास्थ्य मन्त्री डा। आयशा भिर्रेलले बताएकी छिन् । ‘हाम्रा जनताको स्वास्थ्यका लागि आजको निर्णय ऐतिहासिक बनेको छ,’ उनले भनेकी छन्।

धुम्रपानमा बिक्री वितरणका लागि कानुनीरुपमा वैधानिकता पाएका पसलहरु र तोकिएका पसलहरुबाट मात्र बिक्री वितरण गर्ने गरी काम गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यद्यपि, १४ वर्षभन्दा माथिका अन्य व्यक्तिको लागि विद्युतीय चुरोट र भेप प्रयोगमा भने कडा कानुन नबताइने बताइएको छ