मी जानुपर्ने छ’, उनले भने, ‘जुन किसिमले राजनीति अघि बढिरहेको छ, नेपाल अवरुद्ध अवस्थामा छ । संसद् चलिरहेको छैन । सर्वोच्च अदालत अस्तव्यस्त अवस्था छ । सरकार गतिहीन छ । पार्टी भद्रगोल छ । परिवर्तनअनुसार हामी अघि बढ्न सक्यौँ कि सकेनौरु आत्मसमीक्षा र आत्म मूल्यांकन गर्नुपर्छ । के कारणले कम्युनिस्ट भन्दा काँग्रेस पछि पर्यौँ यसबारे आत्मसमीक्षा गर्नुपर्छ ।’
काग कराउँदै छ र पिना सुक्दैछ भनेजस्तो गरिए पार्टी बन्न नसक्ने उनको भनाइ छ । उनले जनभावनाअनुसार पार्टी अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टीभित्र झाँगिँदो विकृतिलाई अन्त्य गर्नुपर्नेमा समेत जोड दिए ।
उनले महाधिवेशनमा नीति र कार्यक्रमबारे गम्भीर छलफल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको धारणा राखे । ‘नीति र कार्यक्रमबारे छलफल गर्नुपर्ने थियो । महाधिवेशनको व्यवस्थित कार्यतालिका हुनुपर्ने थियो । हडबडमा अधिवेशन सम्पन्न गर्नु परेको छ’, उनले भने, ‘हामी विधि पुर्याउने कुरामा मात्रै सीमित भएका छौँ । त्यो हाम्रो लागि चुनौतीको कुरा छ ।’